जेठ ०७, २०८१, सोमबार
               

विश्वभर कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
भदौ ०३, २०७७

ADVERTISEMENT

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २३ लाख ६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ करोड ५७ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ८४ हजार ३५३ पुगेको छ । हालसम्म १ करोड ५० लाख ४७ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५६ लाख ५५ हजार ९७४ पुगेको छ । हालसम्म १ लाख ७५ हजार ७४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म ३४ लाख ११ हजार ८७२ जना संक्रमित हुँदा १ लाख १० हजार १९ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म २७ लाख ६६ हजार ६२६ संक्रमित हुँदा ५३ हजार १४ जनाको मृत्यु भएको छ । रुसमा ९ लाख ३२ हजार ४९३ संक्रमित हुँदा १५ हजार ८७२ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ५ लाख ९२ हजार १४४ जना संक्रमित हुँदा १२ हजार २६४ जनाको मृत्यु भएको छ । पेरुमा ५ लाख ५३ हजार २३९ जना संक्रमित हुँदा २६ हजार ६५८ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ५ लाख ३१ हजार २३९ जना संक्रमित हुँदा ५७ हजार ७७४ को मृत्यु भएको छ ।

कोलम्बियामा ४ लाख ८९ हजार १२२ संक्रमित हुँदा १५ हजार ६१९ जनाको मृत्य भएको छ । चिलीमा ३ लाख ८८ हजार ८५५ जना संक्रमित हुँदा १० हजार ५४६ को मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या ३ लाख ८४ हजार २७० पुगेको छ भने २८ हजार ६७० जनाको मृत्यु भएको छ । यता, इरानमा ३ लाख ४७ हजार ८३५ जना संक्रमित हँदा १९ हजार ९७२ जनाको मृत्यु भएको छ । 

बेलायतमा हालसम्म ४१ हजार ३८१ जनाको मृत्यु भएको छ भने ३ लाख २० हजार २८६ जना संक्रमित रहेका छन् ।

अर्जेन्टिनामा ३ लाख ५ हजार ९६६ संक्रमित हुँदा ६ हजार ४८ जनाको मृत्यु भएको छ । साउदी अरबमा ३ लाख १ हजार ३२३ हजार संक्रमित हुँदा ३ हजार ४७० जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ८९ हजार ८३२ संक्रमित हुँदा ६ हजार १९० जनाको ज्यान गएको छ । 

बंगलादेशमा हालसम्म २ लाख ८२ हजार २४४ संक्रमित हुँदा ३ हजार ७४० को मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ५४ हजार ६३६ पुग्दा ३५ हजार ४०५ जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ८८८ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ५६ हजार ६८५ जना संक्रमित हुँदा १ हजार ११५ जनाको ज्यान गएको छ । 

नेपालमा अहिलेसम्म २८ हजार २५७ जना संक्रमति फेला पर्दा १७ हजार ५८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ११४ जनाको भने मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि