जेठ ०७, २०८१, सोमबार
               

कोरोनाबाट प्रभावित तीन देशको यस्तो छ अवस्था

एजेन्सी
भदौ ०३, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २७ लाख ६७ हजार २७३ पुगको छ । 

संक्रमितमध्ये ५२ हजार ८८९ जनाको मृत्यु भइसककेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी संक्रमितमध्ये २० लाख ३७ हजार ८७० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् ।

कोरोनाबाट अत्याधिक प्रभावित देशहहरुमा अमेरिका, ब्राजिल र भारत परेका छन् । 

अमेरिकामा मात्र ५४ लाख ८१ हजार ५५७ जना संक्रमित छन् भने ब्राजिलमा ३४ लाख सात हजार ३५४ व्यक्ति संक्रमित छन् ।

अमेरिकामा एक लाख ७१ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ भने, ब्राजिलमा एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि