बैशाख २६, २०८१, बुधबार
               

भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना

एजेन्सी
भदौ ०२, २०७७

ADVERTISEMENT

भारतीय गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको भएपछि पनि थकान र जीउ दुख्नेलगायतका समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइआइएमएस) अस्पताल भर्ना भएका हुन् ।

अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो तीन-चारदिनदेखि उनलाई  अत्यधिक थकान र जीउ दुख्ने समस्या भएको थियो ।

यसअघि उनको कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि अगष्ट १८ मा डिस्चार्ज भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि