बैशाख २६, २०८१, बुधबार
               

भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना परीक्षण

एजेन्सी
भदौ ०२, २०७७

ADVERTISEMENT

नयाँ दिल्ली । भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा करिब नौ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ ।

मन्त्रालयले भनेको छ, भारतभर (२४ घन्टामा)  आठ लाख ९७ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ, जुन अहिलेसम्कै सबैभन्दा बढी हो ।

यसअघि हप्ताभरिको तुलना गर्दा बढीमा आठ लाख ८१ हजार जना औसतमा दैनिक रुपमा परीक्षण गर्ने गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यसरी बढीभन्दा बढी संख्यामा गरिएका परीक्षणहरुले यहाँका नागरिकहरुमा कोरोना भाइरससम्बन्धी पोजेटिभ केसहरु समयमै भेटिने र उनीहरुलाई समयमै आइसोलेसनमा राख्न सकिने मन्त्रालयको भनाइ छ ।

यसरी गरिएको परीक्षणबाट कोरोना भाइरसका संक्रमित समयमै पत्ता लाग्ने भएकोले देशमा कारोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने मन्त्रालयको विश्वास छ ।

भारतको केन्द्रीय सरकारले बढीभन्दा बढीको परीक्षण, समयमै संक्रमित पहिचान गरेर आइसोलेसनमा राख्ने र आवश्यक औषधीय प्रक्रियालाई समयमै सुरु गर्ने गरी रणनीति बनाएको छ ।  

केन्द्र सरकारको यो रणनीतिले गर्दा नै भारतमा संक्रमितहरुको संख्या र मृत्यु हुनेहरुको संख्या घटाउने काममा प्रगति पनि भएको सो मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि