बैशाख २६, २०८१, बुधबार
               

विश्वभर एकैदिन थपिए २ लाख ९४ हजारभन्दा बढी संक्रमित

एजेन्सी
साउन ३२, २०७७

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएको बताएको छ ।

डब्ल्युएचओका अनुसार पहिलोपटक एकैदिन धेरै कोरोना भाइरसका  संक्रमितहरु फेला परेका हुन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका दुई करोड १४ लाखभन्दा बढि संक्रमित फेला परिसकेका छन् भने सात लाख ७१ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका ५३ लाख ६१ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३३ लाख १७ हजार नाघेको छ । ब्राजिलमा पनि कोरोना भाइरसका कारण एक लाख ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । 

भारतमा  २५ लाख ८९ हजारभन्दा धेरै संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या ५० हजारनजिक पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि