बैशाख २७, २०८१, बिहीबार
               

न्युजिल्याण्डमा फेरि फैलियो कोरोना संक्रमण

एजेन्सी
साउन ३२, २०७७

ADVERTISEMENT

लामो समयसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको न्युजिल्याण्डमा फेरि कोरोना संक्रमण फैलन थालेको छ ।

न्युजिल्याण्डमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । 

नयाँ संक्रमित फेला परेको पाँच दिनअघि मात्र न्युजिल्याण्डमा १०० दिनसम्म कुनै पनि संक्रमित फेला परेका थिएनन् । 

थपिएका संक्रमितमध्ये १२ जना अकल्याण्डका हुन् । उनीहरुले बाहिर घुमफिर गरेको कुनै रेकर्ड नभएको बताइएको छ । बाँकी एक जना भने अफगानिस्तानबाट आएको बताइएको छ ।

शुक्रबार न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आड्रेनले अकल्यान्डमा १२ दिनसम्म तेस्रो तहको लकडाउन कायमै रहने घोषणा गरेकी थिइन् । 

बाँकी शहरमा भने तह दुईको प्रतिबन्ध कायमै रहने बताइएको छ ।

न्युजिल्याण्डमा हालसम्म १२ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ । हाल त्यहाँ संक्रिय संक्रमितको संख्या ६१ छ । जसमध्ये २० जना बाहिरबाट आएका व्यक्तिहरु हुन् ।


कस्तो लाग्यो ?

यो पनि