मंसिर ०७, २०८१, शुक्रबार
               

तालिबानको रिहाइ खतरा तर शान्तिको लागि आवश्यक : राष्ट्रपति घानी

रासस
साउन ३१, २०७७

ADVERTISEMENT

अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक रहेको बताएका छन् ।

अफगान सरकारले सरकारको जेलमा रहेका कम्तीमा पनि ४ सय बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ । तालिबानीलाई जेलमुक्त गर्न उनले नै आदेश दिएका छन् । 

अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर, पनि जेलमा रहेका अरु ४ सय जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाउँदै आएकोमा उनीहरुलाई पनि रिहाइ गरिने जनाइएको छ । यसरी तालिबानीहरु जेलमुक्त भइरहेकै बेला राष्ट्रपति घानीको भने यो प्रतिक्रिया आएको छ । 

उनले शनिबार भनेका छन्, ‘तालिबानहरुलाई सरकारको जेलबाट मुक्त गर्ने काम खतरापूर्ण त हो तर पनि अफगानिस्तानको शान्तिका लागि भने यो आवश्यक काम हो ।’

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबानी समूह र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच भएको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने भन्ने छ । 


 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि