बैशाख २७, २०८१, बिहीबार
               

विश्वभर कति पुग्यो संक्रमित र मृतकको संख्या ?

एजेन्सी
साउन ३१, २०७७

ADVERTISEMENT

विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । 

संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट सात लाख ६३ हजार ३८७ मानिसको मृत्यु भएको छ । 

संक्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ संक्रमित व्यक्तिको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । अमेरिकामा १ लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख ७३ हजार २८३ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु भएको छ । 

युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित छन् भने दुई लाख २ हजार ५०१ को मृत्यु भएको छ । 

एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १४३ जनाको मृत्यु भएको छ ।  

ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि