बैशाख २६, २०८१, बुधबार
               

कोरोनाको महामारीबीच ब्राजिलमा बार-रेस्टुरेन्ट र ब्युटीपार्लर खोल्ने तयारी

एजेन्सी
साउन ३०, २०७७

ADVERTISEMENT

ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ लाख नाघेको र पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ६० हजार ९१ नयाँ संक्रमित फेला परेका छन् ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख नाघेको जनाइएको छ । महामारीको प्रकोपबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या एक लाख पाँच हजारभन्दा बढी पुगेको छ ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट १ हजार २६२ जनाको मृत्यु भएको बताएका छन् । 

ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुनहरु खोल्ने तयारी गरिरहेको बताइएको छ । यस अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या झन् बढ्न थालेको हो ।

रियो डि जेनेरियोमा भने केही बजार, पसल,बार र रेष्टुरेन्ट खुलिसकेको बताइएको छ । ब्राजिल विश्वमा कोरोना भाइरसबाट धेरै प्रभावित हुने मुलुकहरुमा पर्दछ ।


कस्तो लाग्यो ?

यो पनि