जेठ ०७, २०८१, सोमबार
               

राम मन्दिर ट्रस्टका अध्यक्षलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

भारतस्थित श्रीराम जन्मभूमी तिर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

८२ वर्षीय दास बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका थिए ।

बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षण गरिएको थियो । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

उनी मंगलबारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए । 

दासको श्वासप्रश्वासमा समस्या आएपछि अक्सिजन सिलिन्डर  मगाइएको उनका एक शिष्यले जानकारी दिए ।

औषधी सेवन पश्चात उनको ज्वरो घटेको बताइएको छ । 

थप उपचारको लागि उनलाई मेदन्ता अस्पतालमा भर्ना गरिने बताइएको छ ।

यो पनि