जेठ ०७, २०८१, सोमबार
               

भारतमा कोरोना संक्रमणबाट एकैदिन ९४२ को मृत्यु

एजेन्सी
साउन २९, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९४२ जनाको मृत्यु भएको छ ।

भारतमा कुल मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४७ हजार ३३ जना पुगेको छ ।

त्यस्तै २४ घण्टामा ६६ हजार ९९९ जना संक्रमित पुष्टि भएका छन्  ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब २४ लाख पुगेको छ । कुल संक्रमित २३ लाख ९६ हजार ६३८ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १६ लाख ९५ हजार ९८२ जना ठिक भएका छन् भने ६ लाख ५३ हजार ६२२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि