जेठ ०७, २०८१, सोमबार
               

भारतमा भयावह बन्दै कोरोना भाइरस

एजेन्सी
साउन २७, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरसको संक्रमण र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ५० हजारको दरमा कोरोना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार १६ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २२ लाख ६९ हजार ५२ पुगेको छ ।

त्यस्तै हालसम्म १५ लाख ८३  हजार ४ सय ८९ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् ।

भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि