जेठ ०६, २०८१, आइतबार
               

ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

एजेन्सी
साउन २५, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । 

अहिलेसम्म एक लाख पाँच हजार ४३ जनाको ज्यान गएको छ । अमेरिकापछि यो संख्या सबैभन्दा धेरै हो ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या निकै बढेको छ । अहिलेसम्म ३० लाख १३ हजार ३६९ जनामा कोरोना संक्रमण देखिएको छ । 

संक्रमितमध्ये २० लाख ९४ हजार २९३ जना उपचारपछि घर फर्किएका छन् ।

अहिले ब्राजिलमा ८ लाख १८ हजार ५३३ जना सक्रिय संक्रमित छन् भने त्यसको एक प्रतिशत अर्थात ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ । 

प्रतिशतको हिसाबले समग्र संक्रमितमध्ये ५ प्रतिशतले ब्राजिलमा ज्यान गुमाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि