मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना अस्पतालमा आगलागी, ८ संक्रमितको मृत्यु

एजेन्सी
साउन २२, २०७७

ADVERTISEMENT

भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा आत्तिएर ८ संक्रमितको मृत्यु भएको छ ।

अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्त मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन् ।

अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम गरिरहेका थिए, सर्ट सर्किटका कारण आगो लागेको हो ।

आगो एक घण्टामै नियन्त्रणमा लिइयो तर आत्तिएर ८ बिरामीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि