बैशाख २५, २०८१, मंगलबार
               

बेरुतको विष्फोटबाट दुईलाख भन्दा धेरै घरवारविहिन

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटका कारण दुईलाख भन्दा बढी मानिसहरू घरवारविहिन भएका छन् । बुधबार राष्ट्रपति मिचेल औनले आपतकालिन क्याबिनेट बैठक बोलाएर दुई हप्ताका लागि संकटकाल घोषणा गर्न सकिने बताएका छन् ।

बेरुत विष्फोटमा परेर कम्तिमा पनि १०० जना भन्दा धेरैको ज्यान गएको छ भने ४०० हजारभन्दा धेरै घाइते भएका छन् ।

सुरक्षाको गतिलो उपाय नअपनाइकनै ६ वर्षदेखि भण्डार गरिएको एमोनियम नाइट्रेट विष्फोट भएको थियो । ती सामग्री त्यहाँ असुरक्षित तरिकाले किन राखियो भन्ने जवाफ पनि सरकारले दिएको छैन।

एमोनियम नाइट्रेट विष्फोटन यति शक्तिशाली थियो कि २४० किलोमिटर टाढाको टापु साइप्रससम्म महसुस गरिएको थियो। प्रधानमन्त्री हसन दियाबले धेरै मान्छे हराइरहेको बताएका छन्। भिडियाेहरुमा पहिला धुवाँ निस्किएको र पछि ठूलो विस्फोटपछि फराकिलो क्षेत्रसम्म फैलँदै अग्ला भवनासमेत ध्वस्त पारेको देखिन्छ।


कस्तो लाग्यो ?

यो पनि