मंसिर ०७, २०८१, शुक्रबार
               

लेबनानमा शक्तिशाली बम विष्फोट, ७८ जनाको मृत्यु, हजारौँ घाइते

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

एजेन्सी । लेबनानमा शक्तिशाली बम विष्फोट हुँदा ७८ जनाको मृत्यु भएका छन् भने हजारौँ मानिस घाइते भएका छन् । लेबनानस्थित एक गोदाममा विष्फोट भइ ७८ जनाको मृत्यु भएको विभिन्न समाचारमा जनाइएको छ । उक्त बम विष्फोटमा परि चार हजारभन्दा बढी मानिस घाइते भएको बताइएको छ  ।

राजधानी बेरुतमा विष्फोटक पदार्थले भरिएको एक गोदाममा बिस्फोट भएको समाचारमा उल्लेख छ । सो गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलेको छ ।​

लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने जनाएका छन् । त्यस घटनापछि लेवननमा तीन दिने शोक घोषणा गरिएको छ । बिष्फोटका कारण बेरुत वरिपरिका भवनहरु पुर्णरुपमा ध्वस्त भएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि