मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा कोरोना संक्रमितकाे संख्या १८ लाख ५५ हजार नाघ्यो

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार  नाघेको मङ्गलबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको छ । सरकारी अधिकारीका अनुसार  भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४७ हजार ३२४ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ८४२ व्यक्तिको मृत्यु भइसकेको छ ।  महाराष्ट्र कुल चार लाख ५० हजार १९६ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ६०९ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार २४१ जनाको मृत्यु भएको छ । राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक ३८ हजार ४८२ जनामा संक्रमण भएको र ती मध्ये एक २४ हजार २५४ जना निको भएर घर फर्किएका छन् ।   कोरोना संक्रमणको कारण दिल्लीमा चार हजार २१ जनाको मृत्यु भइसेकेको छ ।


कस्तो लाग्यो ?

यो पनि