बैशाख २५, २०८१, मंगलबार
               

स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

एजेन्सी
साउन १७, २०७७

ADVERTISEMENT

रक्सीको सट्टा स्यानिटाइजर पिउँदा भारतमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा आधारित स्यानिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो ।

आन्ध्र प्रदेशको कुरिचेदु गाउँका ती मानिसले रक्सी नपाएपछि पानी र अन्य पेय पदार्थमा स्यानिटाइजर मिसाएर पिएको स्थानीय प्रहरी प्रमुख सिद्धार्थ कौशलले बताएका छन् ।

प्रहरी प्रमुख कौशलका अनुसार झन्डै १० दिनसम्म स्यानिटाइजर पिएपछि उनीहरूको मृत्यु भएको हो ।

स्यानिटाइजरमा अन्य कुनै विषादी पदार्थ थियो कि भनेर स्यानिटाइजरको नमुना परीक्षणका लागि पठाइएको बीबीसीले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि