बैशाख २०, २०८१, बिहीबार
               

नेपाल, माल्दिम्भस र श्रीलंकाका लागि नयाँ कन्ट्री निर्देशक फारिस हदाद जर्भोस नियुक्ति

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

विश्व बैंकले नेपाल, माल्दिम्भस र श्रीलंकाका लागि अमेरिकी नागरिक फारिस हदाद जर्भोसलाई नयाँ कन्ट्री निर्देशक नियुक्ति गरेको छ । 

उनले विश्व बैंककाे तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब  ५० करोड अमेरिकी डलरबराबरको चालू कार्यक्रमको नेतृत्व गर्ने बताइएको छ ।

उनी तीन मुलुकका लागि नियुक्त भएका हुन् । तर, उनको कार्यालय नेपालमा रहने बताइएको छ । काठमाडौं विश्व बैंकको उपक्षेत्रीय कार्यालयसमेत हो । 

यसअघि यी तीन मुलुकका लागि राष्ट्रिय निर्देशकको पदमा आइडा जेड. पस्वराई रिद्धी  थिइन् । 

निर्देशक हदाद जर्भोस यसअघि नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक पदमा कार्यरत थिए । 

जर्भोस सन् १९९६ (वि सं २०५२) देखि विश्व बैंकसँग आबद्ध छन् ।

उनले यसअघि मलेसिया र बोलिभियामा समेत राष्ट्रिय प्रबन्धकको रूपमा काम गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि