जेठ ०८, २०८१, मंगलबार
               

इरानमा विष्फाेट हुँदा १३ जनाकाे मृत्यु

एजेन्सी
असार १७, २०७७

ADVERTISEMENT

इरानको राजधानी तेहरानको एक क्लिनिकमा विष्फाेट हुँदा कम्तीमा १३ जनाकाे ज्यान गएकाे छ । याे विष्फाेट सीना अतहर क्लिनिकमा भएकाे हाे । अधिकारीहरुका अनुसार विष्फाेटमा १३ जनाकाे मृत्यु हुनुका साथै कैयाैँ मानिसहरु घाइते भएका छन् । मृतककाे संख्या बढ्न सक्ने अनुमान गरिएकाे छ ।

इरानकाे सरकारी  संचार माध्यमले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै विष्फाेट ग्यास लिक भएका कारण भएकाे जनाएकाे छ ।टेलिभिजनहरुमा देखाइएकाे तस्बिरमा आकासमा धुवाँकाे मुस्लाे उडिरहेकाे देखिन्छ । दमकलकर्मीहरुलाई आगलागी नियन्त्रणमा लिन निकै समय लागेकाे थियाे ।

अधिकारीहरुका अनुसार याे विष्फाेटमा मृत्यु हुने मध्ये अधिकांश महिला छन् । यसअघि पनि सेनाकाे एक भवननजिकै ठूलाे विस्फाेट भएकाे थियाे जसकाे कारण पनि ग्यास लिक नै भनिएकाे थियाे ।


कस्तो लाग्यो ?

यो पनि