जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपति ट्रम्पको प्रस्ताव उनकै दलका नेताद्वार खारेज

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव केही पर सार्न गरेको सुझाव उनकै दलका नेताहरुले खारेज गरेका छन् । 

सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई खारेज गरेका हुन् ।

वरिष्ठ रिपब्लिकन नेताहरूले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको सुझाव खारेज गरिदिएका हुन्।

ट्रम्पले निर्वाचनमा अनियमितता हुन सक्ने भन्दै चुनाव केही पर सार्नु पर्ने बताएका थिए ।  

यसका अलवा राष्ट्रपति ट्रम्पले हुलाकमार्फत्‌ गरिने बढ्दो मतदानले धाँधली निम्त्याउने सक्ने र गलत नतिजा आउन सक्ने अभिव्यक्ति दिएका थिए । 
ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले आफू त्रुटिपूर्ण चुनाव भएको हेर्न चाहने बताउँदै यो चुनाव भयो भने इतिहासकै सबैभन्दा धाँधलीपूर्ण हुने बताएका थिए ।

राष्ट्रपति ट्रम्पले मानिसहरूले ठीक र सुरक्षित ढङ्गले मतदान गर्न सक्ने कुराको सुनिश्चतता नभएसम्मका लागि चुनाव सार्नुपर्ने बताएका थिए ।उनको यही अभिव्यक्तिका कारण उनीमाथि संविधानदेखि टाढिएको आरोप लागेको छ । 

बीबीसी

यो पनि