जेठ ०८, २०८१, मंगलबार
               

जापानमा तेस्रो दिन थपिए १३ सयभन्दा बढी संक्रमित

एजेन्सी
साउन १६, २०७७

ADVERTISEMENT

जापानमा तेस्रो दिन पनि कोरोना भाइरसको संक्रमण दर उच्च बनेको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले बिहीबार एक हजार ३०५ जना नयाँ संक्रमित पुष्टि भएका छन्, जुन कोरोना महामारी सुरू भएयता एकैदिन संक्रमण भएको सबैभन्दा ठुलो संख्या हो । 

बिहीबार कोरोनाका कारण दुई जनाको मृत्युसमेत भएको छ । 

सरकारले कोरोना भाइरसको संक्रमण बढ्न नदिन थप सुरक्षा सावधानी अपनाउँदै आर्थिक गतिविधिलाई निरन्तरता दिने रणनीतिका साथ अगाडि बढ्ने उनले बताए ।

राजधानी टोकियोमा बिहीबार ३६७ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य प्रशासनले अधिकांश नयाँ संक्रमित बार र रेस्टुरेन्टमा भेला भएका युवाहरू रहेको जनाएको छ ।

टोकियोका गभर्नर युरिको कोइकेले रेस्टुरेन्ट र बारका सञ्चालकहरूलाई खुल्ने समयावधि घटाउन आग्रह गरेका छन् । 

दक्षिणी शहर फुकुओकामा बिहीबार १२१ र ओसाकामा १९० नयाँ संक्रमित भेटिएका थिए । 

जापानमा कूल संक्रमितको संख्या ३३ हजार ४९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि