जेठ ०५, २०८१, शनिबार
               

झडपमा परेर फिलिपिन्समा १२ जनाको मृत्यु, १३ घाइते

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोही बीचमा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

मृत्यु भएकामध्ये दुई जना सुरक्षाकर्मी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी घाइते भएका १३ जना पनि सुरक्षाकर्मी नै रहेका छन् । 

सेनाका प्रवक्ताले बिहीबार दिएको जानकारी अनुसार दक्षिणी फिलिपिन्सको मगुइन्डानाओ प्रान्तमा झडप भएको हो । 

फिलिपिन्सका लेफ्टिनेन्ट कर्णेल एन्होभिक एन्टिलानोले बाङसामोरो इस्लामिक स्वतन्त्रता सङ्ग्राम (बिआइएफएफ) का नेता हसन इन्डाल कहाँ छन् भन्ने पहिचान गरेर आक्रमण गरिएको बताए ।

स्थानीय समय अनुसार विहान ५:३० बजेतिर २० आतङ्ककारीहरुलाई लक्षित गरेर सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही गरेको उनले जानकारी दिए ।  

सुरक्षाकर्मीहरूले झण्डै ६ घण्टा आक्रमण गरेको र त्यसपछि आक्रमण स्थगित गर्ने निर्णय गरेको थियो । एटीलानोले विद्रोहीतर्फका अरु धेरै घाइते भएको हुनसक्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि