जेठ ०५, २०८१, शनिबार
               

भयावह बन्दै कोरोनाः अमेरिका र ब्राजिलमा कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
साउन १५, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ। 

यस्तै समाचार एजेन्सी एएफपीका अनुसार, ब्राजिलमा ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ लाख १ हजार पुगेको छ भने तीमध्ये १ लाख ५० हजार ४४७ जनाको मृत्यु भएको हो ।

यस्तै ब्राजिलमा संक्रमितको संख्या २४ लाख ८३ हजार पुगेको छ । ९० हजार १३४ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि