जेठ ०५, २०८१, शनिबार
               

दक्षिण कोरियामा कोरोना संक्रमित बढे

एजेन्सी
साउन १४, २०७७

ADVERTISEMENT

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढ्न थालेका छन् । 

सोलमा पछिल्लो महिना संक्रमित हुनेहरुको संख्या बढ्दै गएको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भेटिएको बताइएको छ ।योसँगै यहाँका संक्रमितहरुको संख्या १४ हजार २५१ जना पुगेको बताइएको छ ।

यहाँ पछिल्लो हप्ता हरेक दिन ३० जना भन्दा कमै मात्र संक्रमित थपिने गरेको भए पनि गएका केही दिन यता भने त्यसमा बृद्धि भएको र संक्रमितहरु थपिएका बताइएको हो । 

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको छ । २४ घन्टामा थपिएका ४८ जना सङ्क्रमितमध्ये २९ जना विदेशबाट आएका नारिक हुन् ।

पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि संक्रमणबाट ज्यान जानेको संख्या ३०० जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ । 

निकै थोरै संख्यामा मात्र संक्रमितहरु रहेका थिए र यहाँको मृत्यु दर पनि २.११ प्रतिशत मात्र रहेको थियो । यहाँका १३ हजार भन्दा बढी नागरिक निको भएर घर फर्किएका छन् ।

अधिकारीहरुले दक्षिण कोरियामा निको हुने व्यक्तिको संख्या ९१ प्रतिशत भन्दा बढी भएको बताएका छन् ।

दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको छ ।

दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो ।

त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १५ लाखभन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि