मंसिर ०७, २०८१, शुक्रबार
               

हङकङमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, नियम नमान्नेलाई पाँच हजार जरिवाना

एजेन्सी
साउन १२, २०७७

ADVERTISEMENT

हङकङमा सोमबारदेखि अनिवार्य मास्कको नियम लागू भएको छ । मास्क प्रयोग नगर्नेलााई पाँच हजार (हङकङ डलर) जरिवाना हुने भएको छ ।

हङकङकका मुख्य सचिव म्याथ्यु चिउङले अनिवार्य मास्कको नियम लागू गरेका हुन् ।

यसैबीच, हङकङमा सोमबार हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

सोमबार यहाँ १ सय ४० कोरोना संक्रमित थपिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

दुई हप्तायता हङकङमा दैनिक धेरैको संख्यामा कोरोना संक्रमित थपिरहेका हुन् ।

सोमबार एकैपटक १ सय ४० कोरोना संक्रमित थपिएसँगै यहाँका रेस्टुरेन्टमा बसेर (बुधबारदेखि) खाना तथा खाजा खान नपाइने नियम समेत लागू गरिएको छ ।  होम प्याकिङको व्यवस्थालाई भने बन्द गरिएको छैन ।

लगातार ६ दिनयता हङकङमा सयभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन्।

हङकङमा हालसम्म दुई हजार ६३० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि