एजेन्सी । झारखण्डको राँचीमा रहेको रिम्स अस्पतालमा भर्ना भएका भारतीय नेता लालुुप्रसाद यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई त्यहाँ सहयोग गरिरहेका तीन वना सेवकको भने रिपोर्ट यसपटक पनि पोजेटिभ आएको छ । उनीहरुलाई अब आइसोलेसनमा राखिने छ ।
लालुको कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनलाई केही दिन अस्पतालमा नै राख्ने र दोस्रो परीक्षण गरिने भएको छ । लालुमा यसअघि कुनै कोभिड १९ को लक्षण चाहिँ देखिएको थिएन ।
चारा घोटालाका चार मुद्दामा लालुलाई दोषी प्रमाणित भएका थिए । उनी १४ वर्षको लागि कैद सजाय भुक्तान गरिरहेका छन् ।