जेठ ०६, २०८१, आइतबार
               

उत्तर कोरियामा भेटियो एकजनामा कोरोना पोजेटिभ

एजेन्सी
साउन ११, २०७७

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरियामा पहिलोपटक एक जना व्यक्तिमा कोभिड–१९ को संक्रमण भेटिएपछि किम जोङले आकस्मिक बैठक बोलाएका छन् । 

संक्रमित व्यक्ति दक्षिण कोरियाको काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया आएका थिए । ती व्यक्ति तीन वर्षअघि दक्षिण कोरियातिर भागेको बताएको छ । उनलाई स्वास्थ्य जाँचबुझ गरिएको र क्वारेन्टाइनमा राखिएको र उनीसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको बताएको छ । 

किमले काएसोङ वरपरका क्षेत्रमा एकान्तवासका उपाय कडाइका साथ लागू गर्न आदेश दिएका छन् र उक्त क्षेत्रमा आपतकालीन घोषणा गरेका छन् । 

देशको सेन्ट्रल मिलिटरी कमिसनले संक्रमित व्यक्तिलाई अवैध रूपमा देशमा प्रवेश गर्न दिनेमा जिम्मेवार इकाइको खोजी गर्ने र कठोर सजाय निर्णय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि