जेठ ०६, २०८१, आइतबार
               

वुहानमा विदेशबाट आएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

सबैभन्दा पहिले नयाँ कोरोनाभाइरस (कोभिड–१९) पत्ता लागेको चिनियाँ सहर वुहानमा विगत २४ घण्टामा पनि कोरोनाभाइरस सङ्क्रमित नभेटिएको प्रान्तीय स्वास्थ्य आयोगले शनिबार जानकारी गराएको छ ।

वुहानमा शुक्रबारसम्म सङ्क्रमितको निकटमा रहेका चार व्यक्तिलाई सङ्क्रमित भएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । हुबेईमा बिहीबारसम्ममा सबै शङ्कास्पद विरामीहरूको परीक्षणपछि उनीहरूलाई घर पठाइएको थियो । यद्यपी शुक्रबार भेटिएका विरामी विदेशबाट आएका र उनीहरूमा कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यस्तै चिनियाँ मुख्यभूमिमा शुक्रबार पाँच व्यक्ति सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैजना विदेशबाट चीन आएका अधिकारीहरूले बताएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार दिएको जानकारी अनुसार अहिलेसम्म विदेशबाट चीन भित्रिएका दुई हजार ३४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

थप सङ्क्रमितमध्ये दुई जना साङ्घाई नगरपालिकाका रहेका छन् भने दुई जना क्वाङडोङ प्रान्तमा विदेशबाट आएका व्यक्ति हुन् भने एक व्यत्ति, भित्री मङ्गोलिया स्वायत्त क्षेत्रका भएको आयोगले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि