जेठ ०६, २०८१, आइतबार
               

भारतमा एकैदिन ४९ हजार संक्रमित

एजेन्सी
साउन १०, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट दैनिक संक्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना संक्रमणमुक्त भइसकेका छन् ।  

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट संक्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार संक्रमित भएका छन् । 

त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना संक्रमित भएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि