जेठ ०६, २०८१, आइतबार
               

तीनजना चिनियाँ नागरिक अमेरिकामा पक्राउ

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । तीनजना चिनियाँ नागरिक अमेरिकामा पक्राउ परेका छन् ।  अमेरिकामै बसी गोप्य रूपमा चिनियाँ सेनाको लागि  काम गरेर सघाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको समाचारमा जनाइएको छ ।

त्यस्तै सान फ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा काम गर्ने अर्का एक व्यक्तिलाई पनि पक्राउ गर्ने अमेरिकाको तयारी रहेको छ । न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले आफूहरूले चिनियाँ सेनाका लागि काम नगरेको दाबी गरेका छन् ।

अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका कैयौं मानिससँग सोधी खोजी गर्दा अधिकांशले चिनियाँ सेनासँग पक्राउ परेका व्यक्तिहरूको ‘अघोषित सम्बन्ध’ रहेको बताएका थिए । – बीबीसी
 


कस्तो लाग्यो ?

यो पनि