जेठ ०६, २०८१, आइतबार
               

कोरोना भ्याक्सिनको बारेमा बोल्यो डब्लुएचओ

एजेन्सी
साउन ०८, २०७७

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आगामी वर्ष सन् २०२१ अगाडि कोरोना भाइरस (काभिड–१९) को भ्याक्सिन तयार हुने कुनै सम्भावना नरहेको जनाएको छ ।

डब्लुएचओका कार्यकारी निर्देशक माइक रयानेले भने, ‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको छ तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन ।’

उनले भने, ‘भ्याक्सिनको विश्वसनीयतामा कुनै कमी आउन दिनु हुँदैन, बरु केही ढिलो होस् ।’

भ्याक्सिन आम प्रयोगमा ल्याउनुअघि वैज्ञानिकहरु निश्चिन्त हुनुपर्नेमा उनले जोड दिएका छन् । आउने वर्षको सुरुवातमा आम मानिसहरुलाई भ्याक्सिन लगाउन सुरु गर्न सकिने आशा उनले व्यक्त गरेका छन् ।

रयानेका अनुसार केही सम्भावित भ्याक्सिन परीक्षणको तेस्रो चरणमा छन् र अहिलेसम्मको परीक्षण कुनै पनि फेल भएको छैन ।


कस्तो लाग्यो ?

यो पनि