जेठ ०६, २०८१, आइतबार
               

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

एजेन्सी
साउन ०८, २०७७

ADVERTISEMENT

भारतमा कोरोना संक्रमितको सङ्ख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा (भारतमा) अहिलेसम्मकै धेरै ४५ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ । भारतमा गएकोे पाँच दिनमा मात्रै झण्डै २ लाख संक्रमित थपिएका हुन् ।

भारत विश्वकै तेस्रो धेरै तथा एशियामा सबैभन्दा बढी संक्रमित भएका देशको सूचीमा रहेको छ । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २ सय ६६ जना निको भएका छन् भने २९ हजार ८ सय ९० जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १ हजार १ सय २० जनाको ज्यान गएको छ । यस्तै सबैभन्दा धेरै अमेरिकामा, संक्रमितको सङ्ख्या ४१ लाख नाघेको छ । अमेरिकामा ४१ लाख ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । १९ लाख ४२ हजार निको भएका छन् ।

अमेरिकामा १ लाख ४६ हजार १ सय ८३ जनाको ज्यान गएको छ ।

त्यस्तै संक्रमितमध्ये धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा २२ लाख ३१ हजार ८ सय ७१ जना संक्रमित रहेका छन् ।

त्यहाँ १५ लाख ३२ हजार १ सय ३८ जना निको भएका छन् भने ८२ हजार ८ सय ९० जनाको ज्यान गएको छ ।


कस्तो लाग्यो ?

यो पनि