जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट विश्वभर एक करोड ५० लाखभन्दा बढी मानिस संक्रमित

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्वभर एक करोड ५० लाख भन्दा धेरै कोरोना संक्रमित पुगेका छन् । हालसम्म विश्वमा एक करोड ५३ लाख ६४ हजार ९ सय ३४ संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै हालसम्म कोरोनाका कारण ६ लाख २९ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । हालसम्म विश्वभरबाट ९३ लाख ५३ हजार भन्दा धेरै निको भइसकेका छन् ।

साथै, पछिल्ले पटक भारतमा ११ सय २० जनाको मृत्यु भएको छ । अमेरिकामा १२ सय ७ तथा ब्रजिलमा १२ सय ९३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ९ सय १५ जनाको मृत्यु हुँदा दक्षिण अफ्रिकामा ५७२ जनाको मृत्यु भएको छ । विभिन्न देशमा पछिल्लो २४ घण्टामा मात्रै ७ हजार १०७ जनाको मृत्यु भएको छ ।

एकै दिन विश्वभर २ लाख ७८ हजार संक्रमित थप भएका छन् । अमेरिकामा सबैभन्दा धेरै ७१ हजार, ब्रजिलमा ६५ हजार तथा भारतमा ४५ हजार ५९९ जना संक्रमित थप भएका छन् । दक्षिण अफ्रिकामा १३ हजार, रसियामा ५ हजार ८ सय, मेक्सिकोमा झण्डै ७ हजार तथा कोलम्बियामा ७ हजार ३ सय संक्रमित थप भएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि