जेठ ०६, २०८१, आइतबार
               

हङकङमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित

एजेन्सी
साउन ०७, २०७७

ADVERTISEMENT

हङकङमा एकैदिन अहिलेसम्मकै बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, बुधबार हङकङमा एकैदिन १ सय १३ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितमध्ये आधाभन्दा बढीमा कसबाट कोरोना संक्रमण भयो भन्नेबारे पत्ता लाग्न नसकेको बताइएको छ ।

गत आइतबार पनि हङकङमा १ सय ८ जनामा कोरोना देखिएको थियो । मंगलबार मात्र हङकङमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको थियो ।

बुधबार नयाँ संक्रमितहरु थपिएपछि यहाँ कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या २ हजार १३१ पुगेको छ । संक्रमितमध्ये १४ को मृत्यु भएको छ ।

दुई हप्ता यता हङकङमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ । त्यसअघि यहाँ कोरोनाको संक्रमण दर शून्यमा झरेको थियो ।

केही समय अगाडि खुकुलो बनाइएको कोरोनाविरुद्धको उपाय यतिबेला कडा बनाइएको छ । हाल सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ भने होटल तथा रेस्टुरेन्टमा व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्न भनिएको छ ।

केही समय कार्यालयमै पुगेर काम गर्ने सरकारी कर्मचारीलाई पनि यतिबेला घरैबाट काम गर्न भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि