जेठ ०६, २०८१, आइतबार
               

आसाममा बाढीले १११ जनाको मृत्यु, ४५ लाखभन्दा बढी  प्रभावित

एजेन्सी
साउन ०६, २०७७

ADVERTISEMENT

भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जनाको मृत्यु भएको छ ।

आसाममा केही दिनदेखि परिरहेको अविरल वर्षाले मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार ८५ जनाको बाढीबाट ज्यान गएको छ भने अरू २६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । तीमध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् ।

आसामका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।

ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको बहाब अझै पनि खतराको संकेत माथि रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि