बैशाख १३, २०८१, बिहीबार
               

अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी भिसा नीति परिवर्तन

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

सिड्नी – ‘कोभिड–१९ महामारी’ का कारण प्रभावित भएका विद्यार्थीलाई मध्यनजर गर्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिने भिसा नीतिमा केही परिवर्तन गरेको छ ।

अध्यागमन, नागरिकता, बसाइसराइ सेवा र बहुसांस्कृतिक मामिला हेर्ने कार्यबाहक मन्त्री एलान टज तथा शिक्षामन्त्री डान तेहानद्वारा संयुक्त विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् ।

“यी परिवर्तनले हाम्रो चौथों ठूलो निर्यात क्षेत्र, अन्तर्राष्ट्रिय शिक्षालाई सघाउ पुराउनेछ र यसको खस्किँदो अवस्थालाई सुधार गर्न मद्दत गर्नेछ ।”, मन्त्री एलान टजले भनेका छन् ।

“कोरोना भाइरस नियन्त्रणमा अस्ट्रेलियाको उल्लेखनीय प्रयासको मतलब हामीले सीमा पुनः खुल्नासाथ अन्तर्राष्ट्रिय विद्यार्थीलाई भाइरसबाट सुरक्षित तवरले स्वागत गर्न सक्नेछौं र आमनेसामने भएर कक्षा संचालन गर्न पाउनेछौं ।” शिक्षामन्त्री डान तेहानले उल्लेख गरेका छन् ।

परिवर्तन गरिएका पाँच नियमहरू यस्ता छन्
– अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई फेरि विद्यार्थी भिसा दिन पुनः सुरुवात गर्ने भएको छ । यसको मतलब अस्ट्रेलियाको सीमा खुल्नासाथ विद्यार्थीहरू अस्ट्रेलिया आउन पाउनेछन् ।

– पहिले नै भिसा पाएका तर कोरोना महामारीले प्रभावित भएका अन्तर्राष्ट्रिय विद्यार्थीले सो अवधिमा पढाइ पूरा गर्न नसकेको खण्डमा निःशुल्क रूपमा पुनः विद्यार्थी भिसाको आवेदन दिन पाउनेछन् ।

– कोरोना महामारीका कारण अस्ट्रेलिया आउन नपाएर विदेशबाटै अनलाइन कक्षामार्फत् पढ्न बाध्य अन्तर्राष्ट्रिय विद्यार्थीको सो डिग्रीलाई ‘पोस्ट स्टडी वर्क भिसा’ आवेदन दिँदा मान्यता दिइनेछ ।

– आफ्नो डिग्री सकेर कोरोना महामारीका कारण अस्ट्रेलिया आउन नपाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विदेशबाटै ‘पोस्ट स्टडी वर्क भिसा’ आवेदन दिन पाउनेछन् ।

– कारोनाले प्रभावित क्षेत्रमा अङ्ग्रेजी भाषा कक्षाको नतिजा बुझाउन थप समय प्रदान गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि