जेठ ०५, २०८१, शनिबार
               

हङकङमा कोरोना संक्रमितको संख्या सार्स प्रकोपको बेलाभन्दा बढी

एजेन्सी
साउन ०३, २०७७

ADVERTISEMENT

हङकङमा शनिबार ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट त्यहाँ थप एक व्यक्तिको मृत्यु समेत भएको छ ।

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या १७ सय ७७ पुगेको छ ।

यो संख्या सन् २००३ को सार्स प्रकोपका बेलाभन्दा बढी भएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

सन् २००३ मा सार्स प्रकोपका बेला १७ सय ५५ जना संक्रमित भएका थिए । 

हालसम्म कोरोनाका कारण हङकङमा १२ जनाको मृत्यु भइसकेको छ । १२ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

शनिबार थपिएका ६४ संक्रमितमध्ये ३५ जना स्थानीय व्यक्तिहरु संक्रमित भएको जनाइएको छ ।

केही दिन अघि हङकङका तीन स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि