जेठ ०८, २०८१, मंगलबार
               

आसाममा आएको बाढीका कारण ७६ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । 

राज्यका ३० जिल्लामा उनीहरूको मृत्यु भएको र अरू ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरूले जनाएका छन् । 

आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् । प्रभावित भएकाहरूका लागि ५५२ ओटा शिविरहरू पनि स्थापना गरिएका छन् ।

त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरूले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि