जेठ ०८, २०८१, मंगलबार
               

जबर्जस्ती नेपालीको कपाल मुण्डन गराउने भारतीय पक्राउ

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

भारतको बनारसमा एक नेपालीको कपाल मुन्डन गरी नेपालविरुद्ध गाली गलौज गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ । उक्त भिडियो पाण्डेले नै बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ । उक्त भिडियो अरुण पाठक नाम गरेका व्यक्तिले फेसबुकमा सार्वजनिक गरेका थिए । प्रहरीका अनुसार उनी स्थानीय रुपमा एक संगठन चलाउने व्यक्ति हुन् ।

पाठक विश्व हिन्दु सेना संगठनमा आवद्ध रहेको जनाइएको छ । उनीलगायतविरुद्ध भेलापुर प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।

नेपालका नेता तथा नेपालीविरुद्ध गालोगलौज गर्दै कपाल मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाविरुद्ध भारतीय प्रहरीले कारबाही थालेको हो । प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि