जेठ ०८, २०८१, मंगलबार
               

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबार साँझसम्म १० लाख ३ हजार ८ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबार साँझसम्म २५ हजार ६ सय २ जनाको भाइरसका कारण मृत्यु भएको छ । मृतक संख्याका आधारमा भने भारत आठौं स्थानमा छ । संक्रमितमध्ये कम्तीमा ६ लाख ३५ हजार जना निको भएको जनाइएको छ ।

कोभिड–१९ प्रभावित विश्वका मुलुकहरूको सूचीमा भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । अमेरिकामा ३५ लाख ७६ हजार र ब्राजिलमा २० लाख १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि