जेठ ०८, २०८१, मंगलबार
               

भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

भारतमा पछिल्लो २४ घन्टामा ३२ हजार ६९५ जनामा कोरोना भाइरस (कोभिड-१९ ) संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा देखिएको सर्वाधिक संख्या हो ।

याेसँगै भारतमा कोरोना संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ ।

२४ घन्टामा भारतमा कोरोना संक्रमित ६०६ जनाको ज्यान गएको छ । याेसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ हजार ९१५ पुगेको छ ।

यस्तै, कोरोना संक्रमण निको हुनेको संख्या ६ लाखभन्दा बढी छ । त्यहाँ कोरोनामुक्त हुनेको संख्या ६ लाख १२ हजार ८१५ छ ।


कस्तो लाग्यो ?

यो पनि