जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमितले आयोजना गरे पार्टी, हेलचेक्र्याइँ गर्दा युवकको मृत्यु

एजेन्सी
असार २९, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) भनेको ‘केही होइन’ भनेर हेलचेक्र्याइँ गर्दा एक युवकको मृत्यु भएको छ ।

टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोना भाइरसलाई ख्यालख्याल ठानेर एक संक्रमित व्यक्तिले आयोजना गरेको पार्टीमा सहभागी हुँदा अर्का ३० वर्षीय युवकको मृत्यु भएको हो ।

एक भिडियोमार्फत मेथडिस्ट अस्पतालका प्रमुख स्वास्थ्य अधिकारी जेन एपलबाइले उक्त घटनाबारे जानकारी दिएकी हुन् ।

ती व्यक्तिले बताएअनुसार त्यस पार्टीको जमघटमा को पहिले संक्रमित हुने र कोरोनाबाट को–को जोगिन सक्ने भन्ने प्रतिस्पर्धा गरिएको थियो ।

ती बिरामीले मृत्यु हुनु केही बेरअघि एक नर्सलाई आफूले त्यस्तो पार्टीमा सहभागी भएर गल्ती गरेको बताएका थिए ।

कोरोना भाइरस महामारीले विश्वभर आतंक मच्चाइरहे पनि कतिपय देशमा यसलाई ख्यालख्याल ठान्ने गरिएको छ ।

खासगरी कोरोनाबाट विश्वमा सबैभन्दा पीडित अमेरिकामा कोरोनालाई हल्का रूपमा लिने गरिएको छ । 

बीबीसी


कस्तो लाग्यो ?

यो पनि