जेठ ०८, २०८१, मंगलबार
               

भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित

एजेन्सी
असार २९, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । 

आइतबार (२४ घण्टामा) भारतमा २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । 

२४ घण्टाभित्र भेटिएको संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो । 

यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित भेटिएका थिए ।

भारतमा आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । 

अहिलेसम्म यहाँ ५ लाख ५४ हजार ३ सय ७० बिरामी निको भइसकेका छन् । 

पछिल्लो २४ घण्टामा भारतमा पाँच सय मानिसको ज्यान गएको छ । 

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार १ सय ८७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि