जेठ ०४, २०८१, शुक्रबार
               

बोलिभिया सिनेटकी अध्यक्षमा कोरोना भाइरस पोजेटिभ

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताएकी छन् । बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएकाे एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको हो  ।

विश्वमा चलेको यस महामारीको अवस्थामा आवश्यक समयको लागि आफू अलग्गै बस्ने बताएकी छन् - ‘मेरो अवस्था स्थिर छ, र म  आफ्ना कर्तव्यहरू पूरा गर्छु ,  अलग्गै बसेर नैं काम गर्नेछु ।'

जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यांककाअनुसार विश्वमा १ करोड २६ लाख भन्दा बढी मानिसहरूलाई कोरोनाभाइरस संक्रमित भइसकेको छ । त्यसैगरी ५ लाख ६३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ .

दक्षिण अमेरिकी यस मुलुक बोलिभियामा हालसम्म ४५ हजार भन्दा धेरै कोभिड १९ संक्रमित देखिसकेका छन् । यो देशमा कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ७०२ भन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वभरी कोरोना भाइरस कहर बढ्ने क्रमसँगै कयौं प्रतिष्ठित हस्तीहरु यस भाइरसको चपेटामा आइरहेका छन् । यसबीच बोलिभियाकी अन्तरिम राष्ट्रपति जिनिन आनेजको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो ।

यसअघि ब्राजिलका राष्ट्रपति जे बोल्सोनारो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र मोनाकाको राजकुमार अल्बर्ट द्वितीय कोरोना भाइरसबाट संक्रमित पाइएको थियो । यद्यपी सबैको स्वास्थ्य स्थिति राम्रो रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि