जेठ ०८, २०८१, मंगलबार
               

लेबनानमा ५६० वटा होटल बन्द

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण पर्यटक अभाव भएपछि लेबनानमा ५६० वटा होटल बन्द भएका छन् । होटेल व्यवसायीहरूको साझा संस्था, ‘सिन्डीकेट अफ होटल आउनर इन लेबनान’ का अध्यक्ष पियरे आश्करका अनुसार लेबनानको पर्यटनमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खाडीका पर्यटकहरूको आवागमन नभएपछि बन्द गर्नु परेकाे हाे ।

आशकरले भने, “लेबनानमा कोभिड–१९ संक्रमित संख्या बढ्न थालेपछि युरोपेली संघले पनि पर्यटक जान निषेध गरेको छ । यो निधेष आजसम्म पनि कायम छ ।” यसबाट समस्या थप बढेको हो । लेबनानले पर्यटन व्यवसायबाट सन् २००९ मा ८ अर्ब ५० करोड र सन २०१० मा ९ अर्ब २० करोड अमेरिकी डलर आम्दानी गरेको थियो ।

तर पछिल्ला वर्षहरूमा राजनीतिक स्थायित्व नहुँदा लेबनानमा यूरोपबाट आउने पर्यटकको संख्यामा भने निकै कमी हुँदै आएको थियो । यससँगै आम्दानी पनि घट्दो क्रममा थियो । गत वर्षको अक्टोबरमा भएको राष्ट्रव्यापी विरोधका कार्यक्रमका कारण संकटमा पर्न सुरु गरेको होटल क्षेत्र कोरोना महामारीका कारण थप प्रभावित बनेको हो । 

देशका प्रसिद्ध तथा ठूला होटलहरू अल–हब्तोर, मुन्रो र ब्रिस्टल होटलसहित अन्य ५६० होटल पूर्णरुपमा बन्द भइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि