जेठ ०८, २०८१, मंगलबार
               

अमेरिकामा एकै दिन ७१ हजार संक्रमित

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

संयुक्त राज्य अमेरिकामा एकै दिन झन्डै ७१ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । रोयटर्सले तयार गरेको तथ्याङ्कका अनुसार लगातार तेस्रो दिन रेकर्डतोड संख्यामा संक्रमित थपिएका हुन् ।

तर, वाल्ट डिज्नीले भने फ्लोरिडामा रहेको पार्क खुला गर्ने निर्णय गरेको छ ।

अलास्का, जर्जिया, लुसियाना, मोन्टाना, ओहायो लगायतका अमेरिकी राज्यहरुमा संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ ।

कोरोना भाइरसको अर्को हट स्पटका रुपमा रहेको टेक्ससका गभर्नर ग्रिग अवोटले लकडाउन थप कडा पार्न सक्ने बताएका छन् । मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्न नसक्ने हो भने थप कडाई गरिने उनले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३० लाख भन्दा धेरै भइसकेको छ । अस्पताल अभाव भोगिरहेको मुलुकमा अहिलेसम्म १ लाख ३३ हजार भन्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेको संख्या अझै तीब्र गतिमा बढ्ने चेतावनी दिइएको छ । अमेरिकामा ४४ राज्यमा संक्रमण लगातार बढिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि