जेठ ०८, २०८१, मंगलबार
               

भारतीय सीमामा गोली लागेर गोर्खा सैनिकको मृत्यु

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडाैँ । भारत–पाकिस्तान सीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार एक भारतीय गोर्खा सैनिकको ज्यान गएको छ । कश्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो ।

यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराति १२ बजेर ४५ मिनेट जाँदा फायरिङ गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए । गुरुङ नेपालको गोर्खा जिल्ला मन्बुका स्थायी बासिन्दा हुन् । 

‘पाकिस्तानले दुई राउन्ड ६०.८२ एमएम मोर्टार फायर गर्‍यो, यो गुरुङ बसेको बन्करनजिक आइपुग्यो । बंकरको प्वालबाट गोली छिरेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चोट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो । तर ज्यान बचाउन सकिएन ।’

त्यसैगरी, ८ जुलाईमा पुन्चमा भएको दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएकी एक जेष्ठ महिलाको पनि शुक्रबार निधन भएको छ । हाकाम बाई नाम गरेकी यी महिलाको निधन जीएमसी जम्मु अस्पतालमा भएको हो, यहाँ विशेष उपचारका लागि उनलाई भर्ना गरिएको थियो ।  प्रहरीले उनको मृत्युको पुष्टि गरेको छ ।

यससँगै ८ जुलाईको दोहोरो भिडन्तमा परेर ज्यान गुमाउने सर्वसाधारण महिलाको संख्या दुई पुगेको छ । एकजनाको यसअघि नै मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि