बैशाख १८, २०८१, मंगलबार
               

अमेरिकामा अहिलेसम्मकै बढी नयाँ स‌ंक्रमित फेला, विश्वमा कति पुग्यो

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  अमेरिकामा अहिलेसम्मकै बढी स‌ंक्रमण फेला परेका छन् । २४ घण्टाभित्र अमेरिकामा मात्रै ६१ हजार ८ सय ४८ जना नयाँ संक्रमित फेला परेका हुन्  । यससंगै अमेरिकामा कुल संक्रमितको स‌ंख्या ३१ लाख ५९ हजारभन्दा बढी पुगेको छ भने मृतकको संख्या १ लाख ३४ हजार ८ सय नाघेको छ ।  

कोरोना संक्रमणबाट विश्वभरमा ५ लाख ५२ हजार २३ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटरका अनुसार कुल १ करोड २१ लाख ६४ हजार ११९ जना संक्रमित भएका छन् । हिजो मंगलबार मात्रै २ लाख १३ हजार २८० जना संक्रमित थपिएका छन् । उपचारपछि निको हुनेको संख्या पनि बढ्दो छ । अमेरिकापछि ब्राजिल दोश्रो देश हो । ब्राजिलमा १७ लाख १६ हजारभन्दा बढी संक्रमित छन् । 

विश्वमा हालसम्म ७० लाख ३० हजार ६ जना निको भइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि