जेठ ०५, २०८१, शनिबार
               

कोरोना कहर : दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ ।

यहाँ संक्रमित हुनेहर"को संख्या पछिल्ला हप्ताहर"मा बढ्दै गएको देखिएको अधिकारीहरूले जनाएका छन् । सोमबार मात्र थप ४४ जनामा संक्रमण देखिएकाे बताइएको छ ।

सोमबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमितहरू ४४ जना थपिएका बताइएको हो । योसँगै यहाँका संक्रमितहरूको संख्या १३ हजार १८१ जना पुगेको बताइएको छ । पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि ५० जना संक्रमित थपिएका छन् ।

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको जनाइएको छ । सोमबार एकजनाको यो संक्रमणबाट मृत्यु भएको छ । यो समेतगरी यहाँ यस संक्रमणबाट ज्यान जानेको संख्या २८५ जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरूबाट भएका बताइएको छ ।

पहिले निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरूको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो ।

तर दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण सुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ४० हजार जनाको परीक्षण गरेको जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि